अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
क्यानाडामा सङ्घीय अध्यागमन नीतिमा भएका परिवर्तनका कारण ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनसक्ने जोखिम बढेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले शिक्षा अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर भर्ना घटाउने निर्णय गरेपछि विभिन्न देशबाट गएका विद्यार्थीहरू फर्काइन सक्ने जोखिम बढेको हो ।
सरकारको निर्णयको विरोधमा क्यानडाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । देशभरका विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्याण्ड, ओन्टारियो, मनिटोबा , ब्रिटिश कोलम्बिया लगायतका प्रान्तमा क्याम्प लगाएर र्यालीहरू आयोजना गरिरहेका छन् ।
युवा समर्थन नेटवर्क भनिने एक विद्यार्थी वकालत समूहका प्रतिनिधिहरूले स्नातक तह सकेका धेरै विद्यार्थीहरूले आफ्नो कार्य अनुमतिको म्याद सकिएपछि यस वर्षको अन्त्यमा बहिर्गमनको सामना गर्नुपर्ने बताउँदै आएका क्यानडाका सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ प्रान्तीय नीतिहरूले स्थायी बसोबासको नामाङ्कनमा २५ प्रतिशत कटौती गरेको छ । इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा (आईआरसीसी) का अनुसार यस वर्ष झण्डै ३ लाख ६० हजार विद्यार्थीले अनुमति पाउने अपेक्षा गरिएको छ जुन गएको वर्षको तुलनामा ३५ प्रतिशतले कम हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।