आप्रवासी र गाजा युद्ध सम्बन्धमा बाइडेनकै नीति अगाडि बढाउँछु : उपराष्ट्रपति ह्यारिस

 भदौ १४, २०८१ शुक्रबार १८:४१:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानूनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा विद्यमान् कानूनहरूलाई लागू गर्ने अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनसँगको अन्तवार्ताका क्रममा उद्घोष गर्नुभएको खबरमा उल्लेख छ ।

यस्तै उहाँले गाजा युद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताउनुभयो । यद्यपि ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने तथा यो युद्ध अन्त्य गर्ने समय आएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया