अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
डब्ल्यूएचओले गएको अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा गरेको थियो । यसवर्ष कङ्गोमा अहिलेसम्म १८ हजार जनाभन्दा धेरै सम्भावित केस रिपोर्ट गरिएको छ । जसमा ६ सय २९ जनाको ज्यान गएको छ ।
बुरुन्डी, रुवान्डा, युगान्डा, स्विडेन, थाइल्यान्डलगायतका देशमा पनि सङ्क्रमणको पुष्टि भइसकेको छ । डब्ल्यूएचओले खोपमा पहुँच र वितरणलाई तीव्रता दिने गरी काम गरिरहेको जनाएको छ । अफ्रिकी देश कङ्गोमा तीव्र रूपमा फैलिएको एमपक्स (मङ्कीपक्स) को नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अफ्रिकाबाहेकका महादेशमा पनि देखिन थालेपछि जोखिम थप बढेको छ ।
श्वासप्रश्वासका साथै थुक,र्याल, सङ्क्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट यसको सङ्क्रमण सर्ने जोखिम हुन्छ । एमपक्स भाइरस सन् १९५८ मा पहिलोपटक डेनमार्कमा खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो ।
त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मान्छेमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी देश कङ्गोमा ९ महिने बालकमा सङ्क्रमण पुष्टि भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।