नाडा अटो सो सकियो : ८२ हजारले अवलोकन गरे

 भदौ १७, २०८१ सोमबार १०:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६ औँ संस्करणको ‘नाडा अटो सो–२०२४’ सकिएको छ । काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन भएको ६ दिने अटो सो हिजो सकिएको हो । अटोमोबाइल्स क्षेत्रको कुम्भमेला मानिने अटो सोमा ८२ हजार भन्दा धेरै जनाले अवलोकन गरेका आयोजकले जनाएको छ ।

आयोजकका अनुसार अटो सोमा अनुमानित १५ अर्ब रुपैयाँ बराबरको कारोबार हुनुका साथै ४ हजार थान चार पाङ्ग्रे र २ हजार थान दुई पाङ्ग्रे गाडी बुकिङ भएको अनुमान छ । अटो सोमा विभिन्न कम्पनीले नयाँ ब्रान्ड लन्च गर्नेदेखि उत्पादन (प्रोडक्ट) हरूमा छुट अफरसमेत ल्याएका थिए ।

प्रायः कम्पनीहरूले प्रदर्शनीमा राखेका उत्पादनमा दिएका छुट छठसम्मका लागि निरन्तरता दिने जानकारी दिएका छन् । अटो सोमा कम्पनीहरूले गाडीसँगै हेल्मेट, टायर, लुब्रिकेन्ट्समा छुट अफर राखेका थिए ।

अटो सोमा १ सय ३० वटा स्टल राखिएका थिए, जसमा २३ वटा चार पाङ्ग्रे ब्रान्ड, १९ वटा दुई पाङ्ग्रे, १२ वटा हल्का व्यावसायिक गाडी ब्रान्ड र बैंक तथा वित्तीय संस्थाका ११ वटा स्टल थिए । साथै अटो सोमा लुब्रिकेन्ट्स, टायर, ब्याट्रीलगायत कम्पनीका स्टल ३३ वटा राखिएको थियो ।

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया