पूर्वप्रेमीले आगाे लगाएपछि युगान्डाकी ओलम्पिक धावककाे ज्यान गयाे

 भदौ २०, २०८१ बिहीबार १८:३३:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युगान्डाकी ओलम्पिक धावक रेबेका चेप्टेगीको पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएको केही दिनपछि ज्यान गएको छ ।

भर्खरै भएको पेरिस ओलम्पिकमा भाग लिएकी ३३ वर्षीया धावक चेप्टेगीलाई पूर्वप्रेमीले गएको आइतवार पेट्रोल छर्किएर आगो लगाएका बीबीसीले जनाएको छ । आगलागीबाट उनको ८० प्रतिशत शरीर जलेको थियो । उनले प्रशिक्षण लिने उत्तर–पश्चिम केन्याका अधिकारीहरूले उनी दुई छोरीसहित चर्चबाट घर फर्किएपछि आक्रमण भएको खबरमा उल्लेख छ ।

ओलम्पिक धावक चेप्टेगी र उनका पूर्वप्रेमीबीच जमिनको विवादलाई लिएर झगडा भएको बताइएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

केन्यामा महिला धावकमाथि हिंसाका घटनाहरू बढ्दो छ । सन् २०२१ अक्टोबरयता मारिने चेप्टेगी तेस्रो व्यक्ति हुन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया