दाङको भमके खोलाको बाढीले खानेपानीको पाइपलाइन बगायो, पानी आपूर्तिमा समस्या

 भदौ २३, २०८१ आइतबार ९:१७:५५ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङको भमके खोलामा आएको बाढीले खानेपानीको पाइपलाइन बगाएपछि पानी आपूर्तिमा समस्या भएको छ । पाइपलाइन बगेपछि अश्वारा खानेपानी तीन दिनदेखि नियमित हुन सकेको छैन । चुनेपहरा र खरीबोट सम्पवेलको मुहानबाट बिस्तार गरिएका मुख्य पाइपलाइन बाढीले बगाएपछि खानेपानी सेवा सहज नभएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरी भण्डारीले जानकारी दिनुभयो ।

गएको बिहीबार आएको बाढीले चुनेपहरा मुहानको मुख्य पाइपलाइन लिस्ने खोलीमा बगाएपछि अस्ति शुक्रवार दिउँसो प्राविधिकको टोलीले मर्मत गरेर फर्किएको थियो । फेरि बेलुका आएको बाढीले लिस्ने खोलीमा मर्मत गरिएको पाइपलाइन र सम्पवेल मुहानको पाइपलाइन खरीबोट नजिकै बगाएपछि हिजो दिनभर मर्मत गरेर उपभोक्ता समिति र प्राविधिकको टोली फर्किएको छ ।

पानी भोलि बेलुका नियमित हुने खानेपानी समितिका सचिव ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । मुहानबाट गाउँसम्म आउने मुख्य पाइपलाइन खोलाको किनारै किनार आउने भएका कारण खोलामा आउने बाढीले पाइपलाइनमा क्षति पुर्‍याउँदा वर्षेनि उपभोक्तले हैरानी बेहोर्दै आएका छन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया