युक्रेनलाई रुसविरुद्ध लामाे दूरीकाे क्षेप्यास्त्र प्रयाेग गर्ने अनुमति दिन सकिने जाे बाइडेनकाे सङ्केत

 भदौ २६, २०८१ बुधबार १८:३३:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गर्नुभएको छ । बाइडेनले रुसविरुद्धको युद्धमा लामो दूरीसम्म प्रहार गर्न सकिने अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनले अमेरिकाबाट आयात गरिएका लामो दूरीका क्षेप्यास्त्रको प्रयोगमा तोकिएको सीमा खुकुलो पारिदिन वाशिङ्टनलाई आग्रह गर्दै आएको थियो । अमेरिकाले लामो दूरीको अस्त्र प्रयोगमा युक्रेनमाथि लगाइएको प्रतिबन्ध हटाउन लागेको हो भन्ने संवाददाताहरूको प्रश्नमा बाइडेनले आफ्नो प्रशासनले त्यसबारे काम गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानले रुसलाई छोरो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएपछि बाइडेनको यो टिप्पणी आएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणीलाई लिएर रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्दपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो कामले व्यापक र गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिइसक्नुभएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया