पाकिस्तानमा पोलियो कार्यकर्ता र प्रहरीको हत्या

 भदौ २७, २०८१ बिहीबार ६:२९:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउने अभियानका क्रममा पोलियो कार्यकर्ता र प्रहरीको हत्या भएको छ । लाखौँ बालबालिकालाई खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको अवस्थामा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले हिजो उनीहरुको हत्या गरेका प्रहरीले बताएको छ ।

विश्वमा पाकिस्तान र अफगानिस्तानमा पोलियोको प्रभावकारी खोपको बावजुद महामारी कायमै छ । विद्रोहीहरूले एक दशकभन्दा बढी अवधिमा सयौँ अधिकारी र पोलियो कार्यकर्ताको हत्या गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अफगानिस्तानको सिमानामा रहेको बाजौर जिल्लामा आक्रमण भएको हो । एक हप्तासम्म चल्ने खोप अभियान कार्यक्रमको तेस्रो दिन आक्रमण भएको हो । अहिले बाजौर जिल्लाको केही भागमा खोप अभियान रोकिएको छ ।

प्रहरी अधिकारीहरू नियमित रूपमा अशान्त क्षेत्रहरूमा घर–घर जाने पोलियो कार्यकर्ताहरूको सुरक्षाका लागि तैनाथ हुन्छन् तर पनि आपराधिक समूहबाट उनीहरू माथि आक्रमण भइरहने गरेको छ ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया