मर्मतमा गएको साढे दुई महिनापछि वायुसेवा निगमको वाइडबडी जहाज काठमाण्डौ आइपुग्यो

 भदौ २७, २०८१ बिहीबार १६:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाण्डौ आइपुगेको छ । गएको असार ८ गते विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको विमान साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

अर्को वाइडबडी जहाज पनि सी चेककै लागि इटली गएकाले निगमले लामो दूरीमा उडान हुन सकेको छैन् । दुई वटा न्यारोबडी जहाजले छोटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन् ।

आज वाइडबडी आएसँगै जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा यात्रुलाई थप सेवा दिने निगमले जनाएको छ । निगमसँग दुई वटा वाइडबडी रहेकोमा अर्को जाँचको लागि विदेशमै छ । निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज रहेका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया