पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – नेपालमा एकल महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ जना एकल महिला रहेको देखाएको छ ।
तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार २०५८ सालको जनगणनामा एकल महिला ३ दशमलव ७ प्रतिशत मात्र रहेकामा २०७८ सालमा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । २०७८ सालमा एकल महिलाको सङ्ख्या ६ दशमलव ६ प्रतिशत पुगेको छ । उहाँले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको जानकारी दिनुभयो । ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात २०५८ सालमा शून्य दशमलव ५ प्रतिशत थियो भने २०७८ सालमा शून्य दशमलव ७ प्रतिशत पुगेको छ ।
तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै एकल महिलामा विधवा महिला देखिएको छ । नेपालको ६६ लाख ६० हजार ८ सय ४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ वटा घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष र त्योमाथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताउनुभयो । जसमा ७ लाख ९९ हजार ७ सय ४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेका देखिएको छ । तथ्याङ्क कार्यालयका अनुसार कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेका देखिएकाे छ ।
तथ्याङ्क कार्यालयका निर्देशक सिलवालले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गर्नुभयो । उहाँले कम्तीमा एक जना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत देखिएका बताउनुभयो ।
कार्यालयका अनुसार १० वा त्याेभन्दा माथिका कुल महिला जनसङ्ख्यामध्ये ८ दशमलव २ प्रतिशत एकल महिला रहेका छन् । यस्तै तथ्याङ्कले विधुरकाे सङ्ख्या २ दशमलव २ प्रतिशत रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।