पृथ्वीबाट सात सय किलोमिटरमाथि अन्तरिक्षयात्रा सम्पन्न

 भदौ २८, २०८१ शुक्रबार ९:२२:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अर्बपति उद्योगी एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डाअन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट झण्डै सात सय किलोमिटरमाथि स्पेसवाक अर्थात अन्तरिक्षयात्रा गरेका छन् । अन्तरिक्षयात्राको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो ।

निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो अन्तरिक्ष यात्रा भएको बीबीसीले जनाएको छ । यस मिसनमा ४ जना अन्तरिक्ष यात्री अन्तरिक्षमा गएका छन् । यी मध्ये दुई अन्तरिक्ष यात्री, मिसन कमाण्डर जेरेड इसेकम्यान र मिसन विशेषज्ञ साराह गिलिस ५० वर्षभन्दा बढी समयदेखि कुनै पनि अन्तरिक्ष यात्री नपुगेको कक्षमा पुगेका छन् ।

मस्कको कम्पनीको फाल्कन–९ रकेटबाट मिसन प्रक्षेपण गरिएको थियो । यस मिसनको उद्देश्य निजी अन्तरिक्ष यानबाट गरिएको पहिलो अन्तरिक्ष यात्रा प्रक्षेपण रहेको खबरमा उल्लेख छ । यस क्रममा  मानव स्वास्थ्यसम्बन्धी ३६ वटा अनुसन्धान र प्रयोग पनि गरिनेछ । यसबाहेक, स्टारलिङ्कको लेजरमा आधारित सञ्चार पनि अन्तरिक्षमा परीक्षण गरिनेछ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया