भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा प्रदर्शन रोकिएन

 भदौ २८, २०८१ शुक्रबार १२:५१:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । कोलकाताको साल्टलेक क्षेत्रमा रहेको स्वास्थ्य भवन अगाडि आन्दोलनरत चिकित्सकहरू हड्तालमा बसेका छन् ।

पश्चिम बङ्गाल सरकारले आन्दोलनरत चिकित्सकसँग हिजो वार्ताको समय तोके पनि आन्दोलनरत चिकित्सकको प्रतिनिधिसँग वार्ता हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ । ३२ दिनदेखि आन्दोलनरत जुनियर डाक्टरहरूको ३२ सदस्यीय प्रतिनिधिमण्डल सरकारको निमन्त्रणामा सचिवालय पुगेपनि बैठकको प्रत्यक्ष प्रसारणको मागलाई सरकारले नमानेका कारण वार्ता हुनसकेको छैन ।

जुनियर डाक्टरहरूको प्रतिनिधिमण्डलसँग कुराकानी गर्न झण्डै दुई घण्टा कुरे पनि वार्ता हुन नसकेपछि मुख्यमन्त्री ममता बनर्जीले सरकारको अपमान भएको भन्दै आक्रोश पोख्नुभएको खबरमा उल्लेख छ ।

उहाँले डाक्टरहरूको आन्दोलनका कारण उपचार नपाएर अहिलेसम्म २७ जनाको ज्यान गएको र ७ लाख मानिस उपचारबाट वञ्चित भएका दाबी गर्नुभएको छ । हड्ताल कायम भइरहे आफूले राजीनामा दिन तयार रहेको भन्दै उहाँले एकपल्ट बैठक भने बस्न आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया