भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा

 असोज २, २०८१ बुधबार ९:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । थिमिमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ । आजको जात्रामा मध्यपुर थिमि–४ का बासिन्दा विरेन्द्रभक्त श्रेष्ठले तेश्रो पटक जिब्रो छेडाउँदै हुनुहुन्छ ।

यसभन्दा अघि उहाँले २०७४ र २०७९ सालमा जिब्रो छेडाउनु भएको थियो । आज बेलकी साढे ७ बजे वडा नम्बर–५ दिगुटोलको डबलीमा जिब्रो छेडाएपछि श्रेष्ठले काठमाण्डौको पशुपतिनाथको दर्शन गर्ने तयारी छ ।

जिब्रो छेडाउने व्यक्तिले झण्डै २५ किलोको महाद्धिप बोकेर खाली खुट्टा थिमिका विभिन्न मन्दिरको दर्शन गरेपछि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । यसरी पशुपतिनाथको दर्शन गरेपछि महाद्धिपसहित थिमिमा फर्केपछि जिब्रोमा छेडिएको १० इन्च लामो त्रिशुल आकारको सियो निकालिन्छ ।

जात्राको समापन बालकुमारी परिसरमा गरिन्छ । यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने विश्वास छ । मध्यपुर थिमिमा हरेक वर्ष आजका दिन र वैशाख दुई गते गरेर दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया