शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत नौ जना पुरस्कृत (सूचीसहित)

 असोज २, २०८१ बुधबार ८:८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत नौ जनालाई यसवर्षको ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार–२०८१’ ले सम्मान गर्ने भएको छ ।

१२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो विज्ञप्ती निकालेर यसवर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको हो । उनीहरूलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार यो वर्ष स्वास्थ्य क्षेत्रतर्फ चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानका वरिष्ठ कन्सल्टेन्ट डा.पवनकुमार हमाल, वातावरणतर्फ काठमाण्डौ विश्वविद्यालयका उपप्राध्यापक डा.नानी राउत, ऊर्जातर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक डा.श्रीराज शाक्य र कृषितर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.माधवप्रसाद पाण्डेय पुरस्कृत हुनुभएको छ ।

उच्च शिक्षा (प्राज्ञिक)तर्फ काठमाण्डौ विश्वविद्यालयका सहप्राध्यापक डा. विराजसिंह थापा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.विनोद दवाडी, विद्यालय शिक्षातर्फ काठमाण्डौको पृथ्वी नारायण माविका विज्ञान शिक्षक योगेन्द्रप्रसाद बसौला, विज्ञान तथा प्रविधि पत्रकारितातर्फ पत्रकार छत्र कार्की र कर्मचारीतर्फ मन्त्रालयका सीडीई मनिषा महर्जनलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया