सामसङको ‘भव्य दशैँ तिहार, घरभरि उपहार’ अफर सार्वजनिक

 असोज १, २०८१ मंगलबार १८:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामसङले ‘भव्य दशैँ तिहार, घरभरि उपहार’ अफर सार्वजनिक गरेकाे छ । याे अफर आउँदाे कात्तिक ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएकाे छ ।

अफरअन्तर्गत ३१ प्रतिशतसम्मको छुटमा नयाँ सामसङ टिभी र घरेलु उपकरण घरमा ल्याउन तथा चुनिएका सामसङ टिभी खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने र चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेशिनको खरिद गर्दा निःशुल्क ६ केजी शर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहार रहकाे छन् ।

सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, फाेरके यूएचडी, क्यूएलईडी, नियो क्यूएलईडी फाेरके टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुट मूल्यमा मात्रै नभई विशेष बोनस उपहारसहित क्यासब्याक प्रदान गरेको छ । क्यासब्याक सँगसँगै ग्राहकले क्यूएलईडी वा त्योभन्दा माथिको सामसङ टिभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्ने सामसङले जनाएकाे छ । यो लाभको फाइदा उठाउन वर्ल्डलिङ्क इन्टरनेट र नेट टिभी जडानका लागि नियमित स्थापना शुल्क भने ग्राहकले आफैँ तिर्नुपर्नेछ। आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्त गर्न अन्य नियम र शर्तहरु पनि लागू हुनेछन् ।

साथै खरिद गरिएका टी, ए, बी, सी र डी–सिरिजका सामसङ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ। यद्यपि यो वारेन्टी टिभी रिमोटहरूमा हुँदैन । यस्तै चुनिएका सामसङ टिभीहरू खरिद गर्दा, ग्राहकले घरमा रिएल इमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने सामसङले जनाएकाे छ ।

यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेशिनको आकर्षक दायरामा पनि विस्तारित छ । ग्राहकले यस चाडपर्वको सिजनमा कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमा अपग्रेड गर्न सक्नेछन् । साथै विशेष छुटसहित एआई इकोबबल वाशिङ मेशिनसँग स्वचालित रूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वाश प्राप्त गर्न सक्नेछन् । यसबाहेक ८ केजीभन्दा बढी क्षमता भएको सामसङ फ्रन्ट लोड वाशिङ मेशिन खरिद गर्दा ग्राहकले ६ केजी शर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्नेछन् ।

सामसङले आफ्नो फ्रिजमा रहेको डीआईटी कम्प्रेसर र वासिङ मेशिनको डीआईटी मोटरमा प्रदान गरेको २० वर्षको वारेन्टी र निःशुल्क स्थापना सेवाले गर्दा ग्राहकलाई झन्झटमुक्त अनुभव लिन मद्दत गर्ने विश्वास व्यक्त गरेकाे छ ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । यसमा ग्राहकले १८ महिनासम्मको विस्तारित अवधिका लागि शून्य प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभी खरिद गर्न सक्नेछन् । इन्स्टा फाइनान्स लोन लिनका लागि डाउन पेमेन्ट गर्नुपर्छ। नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ । यस्तै ग्राहकलाई अर्को स्टोरबाट माथि उल्लिखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लायन्स वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लायन्सहरू किन्ने सुविधा उपलब्ध छ ।

विस्तृत जानकारीका लागि र ‘भव्य दशैँ तिहार, घरभरि उपहार’ अफरमार्फत अफर गरिएका यी विशेष डिलहरूको फाइदा लिनका लागि नजिकैको सामसङ डिलरमा जान आग्रह छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया