एनएसजेएफ स्पोर्ट्स अवार्ड : 'टिम अफ दी ईयर' राष्ट्रिय महिला कबड्डी टोलीलाई

 भदौ २८, २०८१ शुक्रबार १८:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत 'टिम अफ दी ईयर'को अवार्ड राष्ट्रिय महिला कबड्डी टोलीले जितेको छ । चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो ।

त्यस्तै २०८० को वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन् । हेमन्तले भारतमा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।

नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि जितेको यो पहिलो कास्य थियो । करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । श्रेष्ठको नेतृत्वमा १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन ।

एनएसजेएफ स्पोर्ट्स अवार्डअन्तर्गत स्पेसल अवार्ड भलिबलकर्मी कुमार राईले पाएका छन् । पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन् । तर यो अवार्ड उनले १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन् ।

काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरी विभिन्न विधामा २०८० को अवार्ड घोषणा गरिएको हो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया