यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो

 भदौ २९, २०८१ शनिबार १२:४६:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । दुई लाख तीस हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका त्यहाँका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

म्यानमारको सैन्य सरकारले प्रभाव कम गर्न विदेशी सहायताको लागि अनुरोध गरेको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ । घरबारविहीन भएका पीडितका लागि केही अस्थायी राहत शिविर स्थापना गरिएको छ ।

यस वर्षको एशियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा प्रभाव पारेको छ । तर भियतनाममा यसको प्रभाव कम हुन थालेको छ । यागीकै कारण प्रभावित देशमा ज्यान गुमाउनेको सङ्ख्या भने तीन सय नाघेको छ । भियतनाम दुई सय धेरैले ज्यान गुमाएका छन् । बिजुलीको टावर, भवन, सडक, पुल र घरहरुमा क्षति भएको छ ।     
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया