त्रिदेशीय एक दिवसीय श्रङ्खलाको उद्घाटन खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दै

 भदौ ३१, २०८१ सोमबार ६:५६:१९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला आज क्यानडामा शुरु हुँदैछ । श्रङ्खलामा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो । आजको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग खेल्दैछ । तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज  २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ । यो श्रङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रङ्खला हुँदैछ । त्यसपछि लिग दुईको अर्को त्रिदेशीय श्रङ्खला खेल्न नेपाली टोली अमेरिका जानेछ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया