मध्य र पूर्वी युरोपमा वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र डुबान

 भदौ ३१, २०८१ सोमबार १२:२९:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मध्य र पूर्वी युरोपमा वर्षाका कारण धेरै ठाउँमा बाढी आएको छ । बाढीले जनधनको समेत क्षति गरेको बीबीसीले जनाएको छ । बाढीका कारण रोमानियामा चार जनाको ज्यान गएको छ । बाढी र डुबानमा परेका १९ ठाउँका कैयौं मानिसलाई उद्धार गरिएको छ । चेक गणतन्त्रका ३८ ठाउँमा बाढीको चेतावनी जारी गरिएको थियो ।

यस्तै पोल्यान्डमा नदीहरू खतराको विन्दुभन्दा माथि पुगेपछि मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । पोल्यान्ड सरकारले अवस्था निकै खराब रहेको बताएको छ ।

यसैगरी म्यानमारमा आएको बाढीका कारण एक सय जनाभन्दा धेरैको ज्यान जानुका साथै झन्डै दुई लाख ३० हजार मानिस घरबार छोड्न बाध्य भएका बीबीसीको खबरमा उल्लेख छ । यागी आँधीपछि राजधानी नेपिडाउसहित म्यानमारका धेरै ठाउँमा बाढी आएको हो । देशको सत्तारूढ दलले बाढीको प्रभाव कम गर्न वैदेशिक सहायता माग गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस वर्ष एशियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चिनियाँ टापु हेनान र फिलिपिन्स पनि प्रभावित भएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया