एन्फा महिला लिगमा कर्णालीकाे पहिलाे जीत, सुदूरपश्चिमकाे लगातार छैटाैं हार

 असोज २, २०८१ बुधबार १८:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा कर्णालीले सुदूरपश्चिमलाई ३–० गोलले हराएको छ । कर्णालीका लागि भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले समान १ गोल गरिन् ।

प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो । कर्णाली ६ खेलमा ४ अङ्कसहित तालिकाको नवौं स्थानमा छन् । सुदूरपश्चिम लगातार ६ खेलमा हार बेहोर्दै अङ्कविहीन हुँदै पुछारमा छ ।

एन्फा महिला लिगमा आज भएकाे नेपाल पुलिस क्लब र राैतहटकाे चन्द्रपुर नगरपालिकाबीचकाे पहिलाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया