दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 असोज ३, २०८१ बिहीबार १२:०:५६ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको छ । माेटरसाइकल दुर्घटनामा दाङकाे घाेराही उपमहानगरपालिका–१८ का २७ वर्षीय श्रवण पुन र घाेराही–४ का २१ वर्षीय विनाेद केसीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिनुभयाे ।

आज बिहान दाङकाे घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ को कुसुमगैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना भएकाे थियाे । दुर्घटनामा घाइते भएका दुवै जनाकाे उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया