रामेछापका किसान सेतो सिमीको माग बढेपछि उत्साहित

 असोज ३, २०८१ बिहीबार १८:४:८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप  – रामेछापको उच्च लेकाली क्षेत्रमा रैथाने बालीको रुपमा लगाइदै आएको सेतो सिमीको माग बढेसँगै किसानहरु उत्साहित भएका छन् । सेतो सिमी स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी हुने भएकाले यसको माग पनि उच्च रहेको छ । किसानहरुले उत्पादन गरेको सिमी पाथीको ६ सयदेखि ७ सय रुपैयाँसम्म गाउँमै बिक्री हुने गरेको छ । 

उच्च लेकाली क्षेत्रको हावापानीमा मात्रै हुने यो सिमी विशेषगरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ती, प्रिती, कुभुकास्थली र गुप्तेश्वर लगाएतका वडाहरुमा खेती गरिँदै आएको उमाकुण्ड गाउँपालिकाकी उपध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो ।

उमाकुण्ड गाउँपालिकासँगै गोकुलगङ्गा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीमा पनि सेतो सिमीको खेती गर्ने किसानहरुको सङ्ख्या बढेको छ । सिमी किन्न गाउँमै व्यापारीहरु पुग्ने गरेका छन् । किसानले उत्पादन गरेको सिमी काठमाण्डौका ठूलठूला रेष्टुरेन्ट, होटलहरुमा दालको रुपमा प्रयोग गरिन्छ ।

केही वर्षअघिसम्म थोरै किसानहरुले लगाउँदै आएको सेतो सिमी पछिल्ला वर्षहरुमा  किसानहरुले व्यवसायीक रुपमा खेती गर्न थालेका छन् । रैथाने बालीको रुपमा रहेको या सिमी खेतीलाई अझै बढाउन सके किसानहरुको आर्थिक अवस्था सुधार हुने उमाकुण्ड गाउँपालिका–४ प्रितीका मानवहादुर खत्रीले भनाइ छ ।  
    

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया