भारतसँगकाे टेस्टमा बङ्गलादेश पहिलाे पारीमा १ सय ४९ रनमा अलआउट

 असोज ४, २०८१ शुक्रबार १८:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – भारतसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा बङ्गलादेश १ सय ४९ रनमै अलआउट भएको छ ।

खेलको दोस्रो दिनको चिया समयपछि बङ्गलादेश १ सय ४९ रनमै समेटियो । बङ्गलादेशका शाकिब अल हसनले सबैभन्दा धेरै ३२ रन बनाए । भारतका जसप्रीत बुमराहले ४ विकेट लिए ।

अहिले भारतले दोस्रो पारीको ब्याटिङ थालेको छ । घरेलु टोली भारतले पहिलो पारीमा रविचन्द्रन अश्विनको शतक तथा रविन्द्र जडेजा  यशस्वी जयसवालको अर्धशतकको मद्दतमा ३ सय ७६ रन बनाएको थियो । पहिलो पारीमा बङ्गलादेशका हसन महमुदले ५ विकेट लिएका थिए ।

भारत र बङ्गलादेशबीच दुई खेलको टेस्ट शृङ्खला भइरहेको हो । यसपछि दुई टोलीले तीन खेलको टी–२० क्रिकेट शृङ्खला खेल्नेछन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया