जीवित देवी कुमारीबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा टीका र प्रसाद ग्रहण

 असोज ६, २०८१ आइतबार ७:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन गएराति वसन्तपुरमा रहेको हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको हो ।

प्रत्येक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवम् प्रसाद ग्रहण गर्ने परम्परा छ । राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गर्नुभयो । टीका एवम् प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साट्नुभयो ।

भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजासहितको ‘लिङ्गो’ ठड्याएपछि शुरु हुने इन्द्रजात्रा गएराति सकिएको हो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिन्छ । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया