परोपकारिताको क्षेत्रमा हेड्स नेपालले पालिकासँग सहकार्य गर्ने

 असोज ६, २०८१ आइतबार १३:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परोपकारी संस्था हेड्स नेपालले परोपकारिताको क्षेत्रमा थप सक्रिय हुने र यसका लागि पालिकासँग सहकार्य गर्ने जनाएको छ । सामाजिक सेवा दिवसको अवसरमा परोपकारी संस्था हेड्स नेपालले ३१ औं वार्षीक साधारण सभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम काठमाण्डौको ढुङ्गेधारामा सञ्चालन गरेको छ ।

कार्यक्रममा अभिभावक, संस्थाका सदस्य र सामाजिक व्यक्तित्वको सहभागिता रहेको संस्थाका महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो । साधारण सभाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद् जस्ता क्षेत्रमा संस्थाले पुर्‍याएको योगदान महत्त्व रहेको बताउनुभयो । साथै उहाँले हेड्स विशेष स्मारिकाको लोकार्पण पनि गर्नुभयो ।

कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरुले सुशासनको प्रत्याभूति दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका यूवाले जलवायू परिवर्तनसँगै बढ्दो तापमानको अवस्थामा अभिभावकले गर्नुपर्ने सावधानीका लागि भूमिका प्रदर्शन गरेका थिए ।

त्यस्तै मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. राम आधार यादव, निवर्तमान अध्यक्ष इश्वर चन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाललगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गर्नुभएको थियो ।

समाजसेवामा संस्थामार्फत योगदान दिनुहुने इन्द्रप्रसाद पोखरेल, कृष्णकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको छ । हेड्स नेपाल शिक्षा, स्वास्थ्य, कृषि र विपदको क्षेत्रमा सक्रिय रहेको र प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको महासचिव पौडेलले जानकारी दिनुभयो ।

योजना अनुसार आउँदा दिनमा संस्थाले सामुहिक सङ्कल्प, स्रोत व्यवस्थापन, गतिशील सङ्गठन, आर्थिक दिगोपन र सहकार्यमा आधारित परोपकारिताको सोँचबाट काम गर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया