रामेछापका जनप्रतिनिधि र कर्मचारीविरुद्ध अख्तियारमा ३६ उजुरी दर्ता

 असोज ६, २०८१ आइतबार १६:४७:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापका पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा ३६ वटा उजुरी दर्ता भएका छन् ।

पालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सडक निमार्ण, भवन निमार्ण, औषधी खरिद र कर्मचारी भर्ना लगायतका कार्यहरुमा भ्रष्टाचार गरी कानुन विपरीत रकम असुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

सबैभन्दा बढी उजुर्री खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्धका रहेका छन् खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्ध १२ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरी मध्ये धेरैसजाे उजुरी भ्रष्टाचार जन्य रहेका छन् ।

जसमा हालसम्म २ वटा उजुरी फर्स्योट भएको र बाँकी १० वटा उजुरी अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका सूचना अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।त्यसैगरी दोरम्वा शैलुङ्ग गाउँपालिकामा ११ वटा उजुरी दर्ता भएका छन् । उजुरी परेको सवैको अनुसन्धान कार्य भइरहेकाले एउटा पनि उजुरी फर्स्योट हुन सकेको छैन ।

त्यस्तै मन्थली नगरपालिकामा ५ वटा उजुरी दर्ता भएकामा हालसम्म एक वटा मात्रै उजुरी फर्स्योट भएको अन्य उजुरीको हकमा अनुसन्धान प्रक्रिया चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ । 

यसैगरी रामेछाप नगरपालिकामा २ वटा, उमाकुण्ड गाउँपालिकामा १ वटा, गोकुलगंगा गाउँपालिकामा १ वटा, सुनापति गाउँपालिकामा २ वटा र लिखु तामाकोशी गाउँपालिकामा २ वटा भ्रष्टाचार जन्य उजुरी दर्ता भएका छन् ।

यी सवै उजुरीको अनुसन्धान कार्य भइरहेको जनाइएको छ । अख्तियार कार्यालयमा दर्ता भएका यी उजुरीहरु मध्ये केही उजुरी गत आर्थिक वर्ष २०८०/०८१ मा जिम्मेवारी सरेर आएका र चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा दर्ता भएका गरी हालसम्म ३६ वटा उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको  छ । 

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया