उखु बिक्री गरेको १० महिना बितिसक्दा पनि किसानले सरकारबाट पाउनुपर्ने अनुदान पाउन सकेनन्

 असोज ८, २०८१ मंगलबार १२:१९:५८ | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही – उखु किसानलाई सरकारले दिनुपर्ने अनुदानको रकम उखु बिक्री गरेको १० महिना बितिसक्दा पनि पाउन सकेका छैनन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि उखुको समर्थन मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो ।

यसमा उद्योगीले किसानसँग प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँमा उखु खरिद गर्नुपर्ने र सरकारले ७० रुपैयाँ थप अनुदान दिने गरी मूल्य निर्धारण गरिएको थियोे । उद्योगीले उखु खरिद बापतको ५ सय ६५ रुपैयाँ भुक्तानी गरिसकेका तर सरकारले दिनुपर्ने ७० रुपैयाँ अनुदानको रकम भुक्तानी हुन नसकेको किसानको गुनासो छ ।

उखु बिक्री गरेको १० महिना बितिसक्दा पनि अनुदान रकम नपाएकाले घर खर्च चलाउन मुस्किल परेको उखु किसान कुमार ढुङ्गेलले  गुनासो गर्नुभयो । सरकारले दशैँ अगाडि नै अनुदानबापतको रकम किसानलाई उपलब्ध गराउने बताएको छ । तर किसानले अहिलेसम्म पाएका छैनन् ।

उखु किसानलाई उपलब्ध गराउने ७० रुपैयाँ अनुदानको रकम छिटो पठाउन कृषि मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।

सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगले क्रसिङ गरेको उखुको अनुदान रकम २९ करोड  रुपैयाँ हुने र मन्त्रालयले अहिलेसम्म कार्यालयको खातामा रकम नपाएकाले किसानको  बैंक खातामा पैसा पठाउन नसकिएको सर्लाहीका प्रमुख कोष नियन्त्रक कृष्णप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

यसअघि अनुदानको रकम माग गर्न काठमाण्डौ आएका उखु किसानलाई  सरकारले  भदौ मसान्तभित्रै अनुदान उपलब्ध गराउने आश्वासन दिएको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया