नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमान

 असोज ९, २०८१ बुधबार १५:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

एडीबी

काठमाण्डाै – एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ ।

एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र चार दशमलव नौ प्रतिशतले विस्तार हुने अनुमान सार्वजनिक गरेको हो । गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत थियो ।

आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता तथा पर्यटनसम्बन्धी सेवाको पुनरुत्थान, विद्युत् क्षमता वृद्धि लगायतले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सुधार देखिएको एडीबीको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभएको छ । मनसुन राम्रो हुँदा रोपाइँ सप्रिएकाले धानको उत्पादन बढ्ने एडीबीले उल्लेख गरेको छ ।

यस्तै एडीबीले यो वर्ष नेपालको मूल्यवृद्धि दर पाँच प्रतिशतको सीमाभित्रै रहने अनुमान गरेको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया