हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहलाई मारेको इजरायलको दाबी

 असोज १२, २०८१ शनिबार १८:५३:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले लेबनानको सैन्य समूह हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहलाई मारेको दाबी गरेको छ । गएराति लेबनानको बेरुतमा गरेको हवाई आक्रमणमा नसरल्लाहलाई मरेको इजरायली सेनाले जनाएको छ । हिजबुल्लाहका मुख्य नेता नै इजरायलको आक्रमणमा मारिएपछि मध्यपूर्वमा ठूलो युद्धको बादल मडारिएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाहलाई सबैभन्दा ठूलो समर्थन इरानको रहेको छ । अब इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने र यी दुई देशबीच पूर्ण क्षमताको युद्ध भएमा मध्यपूर्व मात्र नभई विश्व नै युद्धमा धकेलिन सक्ने बीबीसीको विश्लेषणमा उल्लेख छ ।

हिजबुल्लाहलाई बेलायत, अमेरिका र अन्य केही देशले आतङ्कवादी सङ्गठन मान्दछन् । तर, लेबनानमा भने हिजबुल्लाह एक राजनीतिक दल पनि हो, लेबनानको संसदमा पनि यसको प्रतिनिधित्व छ । हिजबुल्लाह सरकारको एक भाग पनि हो । यो लेबनानी समाजको एक हिस्सा बनिसकेको छ ।

हिजबुल्लाहसँग इजरायलसम्म मार हान्न सक्ने ठूला क्षमताका मिसाइल पनि छन्, अहिलेसम्म ठूला मिसाइल नहानेको हिजबुल्लाहले अब इजरायलमा त्यस्ता मिसाइल प्रयोग गर्ने सम्भावना बढेको छ । हिजो संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अब हिजबुल्लाहलाई समाप्त नपारेसम्म युद्ध नरोकिने प्रष्ट पारिसक्नुभएको छ ।
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया