हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा

 वैशाख ५, २०८२ शुक्रबार १२:८:३३ | रासस
unn.prixa.net

मकवानपुर – हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । उद्योगमा भएका यन्त्रको मर्मत–सम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा तयार पार्न थालिएको छ ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक/दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रूपमा ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । उद्योगमा नयाँ यन्त्रहरूको पनि आवश्यक रहेको कर्णकाे भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसूल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको भन्दै उहाँले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया