बसाइँ सरेको १८ वर्षपछि आफ्नै गाउँ फर्किँदा पालिकाद्वारा खोटाङ...
बैशाख ६, २०८२ शनिबार
सुर्खेत – कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ ।
खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग परेका छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् ।
दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् । कालीकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुम पश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् ।
कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा दर्ता गरिएका थिए । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ । अहिले यहाँ एक हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन् ।
दैलेखमा चार हजार ७४८ उद्योग दर्ता गरिएकामा अहिलेसम्म तीन हजार ५९१ उद्योगको नवीकरण गरिएको छ । कालीकोटमा दुई हजार ८३७ उद्योग दर्ता भएकामा अहिले एक हजार ९३६ वटामात्र उद्योग नवीकरण गरिएको छ ।
यसैगरी जुम्लामा चार हजार ३८६ वटा उद्योग दर्ता भएकामा दुई हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।
मुगुमा दुई हजार २३ वटा उद्योग रहेकामा अहिले ४५० वटा मात्र नवीकरण भएका छन् । सल्यानमा तीन हजार ६६३ वटा उद्योग रहेकामा तीन हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ ।
जाजरकोटमा तीन हजार ६८ दर्ता भएकामा एक हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ । डोल्पामा दुई हजार २३६ उद्योग दर्ता भएकामा ९२२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ ।
हुम्लामा तीन हजार ७१९ वटा उद्योग दर्ता भएकामा अहिले आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ । रुकुम पश्चिममा दुई हजार ७३३ उद्योगमा दुई हजार २५० उद्योगमात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।
एक लाख २१ हजार ५५५ जनाले यी दर्ता भएका उद्योगबाट रोजगारी पाएका निर्देशनालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।