त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

 असोज १२, २०८१ शनिबार १९:६:१६ | एजेन्सी
unn.prixa.net

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल राति पौने १० बजे शुरु हुनेछ । यो श्रृङ्खलामा ओमान पनि रहेको छ । यसअघि भएको विश्वकप लिग दुई अन्तर्गतको एक दिवसीय श्रृङ्खलामा नेपाल क्यानडासँगका दुवै खेलमा पराजित भएको थियो ।

ओमानसँग एउटा खेलमा पराजित भएको थियो भने एउटा खेल वर्षाले रद्द भएको थियो । नेपालले दोस्रो टी–२० मा भोलि आइतवार ओमानसँग, तेस्रो खेलमा मङ्गलवार क्यानडासँग र चौथो खेलमा बुधवार फेरि ओमानसँग खेल्नेछ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया