त्रिभुवन राजपथअन्तर्गत चित्लाङ–काठमाण्डौ सडक सञ्चालन

 असोज १४, २०८१ सोमबार ६:२८:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – हेटौँडा–काठमाण्डौ जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ । पहिरो पन्छाएर हिजो बेलुकीदेखि सडक एकतर्फी सञ्चालनमा आएको र सडक दुईतर्फी सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ । यस सडकखण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका–८ को बागमती खोलाको पुल कटान गरी सडक पूर्ण अवरुद्ध भएको छ । दक्षिणकाली छैमले सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसी कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध छ ।

दक्षिणकाली छैमले सिस्नेरी सडककै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाकाे लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी मार्खु भित्री सडकको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया