रुस–युक्रेन युद्धका कारण झन्डै ५ सय जना वैज्ञानिक प्रभावित हुन सक्ने

 असोज १४, २०८१ सोमबार ९:८:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोपको भौतिकशास्त्र प्रयोगशाला सिइआरएनले आउँने नोभेम्बरको अन्त्यमा रुससँगको सहकार्य तोड्दा रुसी संस्थानसँग सम्बद्ध भन्डै पाँच सय जना वैज्ञानिक प्रभावित हुने बताएको छ । सिइआरएनको निर्णय लिने संस्थाले युक्रेनमा युद्धका कारण सन् २०२२ जुनमा रुस र उसको सहयोगी बेलारुससँगको सहकार्य सम्झौता अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रयोगशालाका अनुसार बेलारुसको पाँच वर्षको सम्झौता गएको जुन २७ मा समाप्त हुँदा नवीकरण गरिएको थिएन । रुससँगको सम्झौता पनि नोभेम्बर ३० मा समाप्त भएपछि यसलाई अगाडि बढाइने छैन ।

यसअघि नै १५ जना बेलारुसी वैज्ञानिकलाई सिइआरएनसँगको सहकार्यबाट रोकिएको थियो भने चाँडै सयौँ रुसी वैज्ञानिकले पनि यस्तै परिस्थितिको सामना गर्ने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्  । ती वैज्ञानिक प्रयोगशालबाट काम गर्दै सिइआरएन सम्बद्ध प्रयोग र तथ्याङ्क विश्लेषण कार्यमा सहभागी भएका थिए ।

ठूलो सङ्ख्यामा वैज्ञानिक बाहिरिने भएपछि सिइआरएनले महत्त्वपूर्ण वित्तीय योगदान गुमाउनेछ । रुसले प्रयोगशालाको विशाल कण उत्प्रेरक लार्ज हाड्रोन कोलाइडरमा सञ्चालित प्रयोगको वार्षिक सञ्चालन लागतको झन्डै चार दशमलव पाँच प्रतिशत अर्थात् २७ लाख डलर योगदान दिँदै आएको थियो ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया