लेवनानको बेरुतमा इजरायली सेनाको हवाइ आक्रमण

 असोज १४, २०८१ सोमबार १२:१०:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा एक सय पाँच जनाको ज्यान गएको छ । तीन सय ५९ जना घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई आक्रमणमा दुईवटा आवसीय भवन ध्वस्त भएका जानकारी दिएको छ । ती भवनमा यसअघिका आक्रमणबाट प्रभावितले शरण लिएको अन्तराष्ट्रिय समाचार संस्था अलजजिराको खबरमा उल्लेख छ ।

इजरायली बमबारीबाट दक्षिणी लेबनान, बेका, बालबेक–हर्मेल प्रान्त र बेरुतका दक्षिणी नगरका कयौँ घर ध्वस्त भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका नेतालाई लक्षित गर्दै धेरै ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाले यमनमासमेत आक्रमण गरिरहेको छ । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया