अमेरिकामा ‘हेलेन’ आँधीका कारण १ सय जनाभन्दा धेरैको ज्यान गयो

 असोज १४, २०८१ सोमबार १५:२१:२५ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय जना नाघेको छ । आँधीको हावा, वर्षा र आँधीबेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा गरेर कम्तीमा एक सय जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।

आज बिहानदेखि आँधी र वर्षा रोकिएपछि खोजी अभियान तीव्र पारिएको छ । अमेरिकी खोज अधिकारीहरूले अझै धेरै शव भेटिन सक्ने अनुमान गरेका खबरमा उल्लेख छ । आँधी तथा बाढी पहिरोले दर्जनौं पुल, सडक, बिजुली, सञ्चार संरचना लगायत ध्वस्त बनाएको छ । २७ लाख जना मानिस बिजुलीविहिन अवस्थामा छन् । टेलिफोन सम्पर्क नहुँदा सयौं मानिसले अझै पनि आफन्तसँग सम्पर्क गर्न सकेका छैनन् । खानेपानीको पनि अभाव भएको छ । बीमा कम्पनी र पूर्वानुमानकर्ताहरूले १५ अर्बदेखि एक सय अर्ब डलरसम्म क्षति भएको बताएका छन् ।

उत्तरी क्यारोलिनाका गभर्नर रोय कूपरले यो इतिहासकै ठूलो र विनाशकारी विपत्ति भएको बताउनुभएको छ । त्यहाँका मानिसहरूले यसअघि कहिल्यै पनि यस्तो विपत्ति नभोगेको उल्लेख गरेका छन् ।

१९ वटा राज्य र सङ्घीय सरकारका खोज तथा उद्धार टोलीहरू अहिले खटिएका छन् । केही सडकहरू मर्मत गर्न दुई महिनासम्म लाग्न सक्ने अनुमान छ ।

राष्ट्रपति जो बाइडेनले यस हप्ता प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बताउनुभएको छ । प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरिएको र सहयोगलाई बढाइने उहाँले बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया