कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छ : ओली

 असोज १४, २०८१ सोमबार १७:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताउनुभएको छ ।

अमेरिकाबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतमा राम्रो काम गरेको  बताउनुभयो । ‘म त बल्ल आज फर्किँदैछु, मैले पाएको जानकारीअनुसार सरकारले क्षमताअनुसारको उद्धार र राहतका कार्यक्रम गरिरहेको छ । विरोधका लागि विरोध गर्नुको औचित्य छैन ।’

मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षको नै पूर्वसूचना दिएको र तीन दिनअघि 'रेड अलर्ट' जारी गरेको अवस्थामा पनि सरकारले पूर्वतयारी किन गर्न सकेन त ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो, ‘कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाण्डौमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ । विपद्पछि भने सरकारले सक्दो काम गरिरहेको छ ।’

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया