गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
बाँके – बाँकेमा बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएपछि किसान चिन्तित भएका छन् । काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा हिजो बेलुका भएको बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्याएको डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले बताउनुभयो ।
खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उहाँको भनाइ छ । नकाटेको ठाडो गहुँबालीमा समेत हुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ । गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्याएको बताउनुभयो । उहाँले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरूले अनुगमन गरिरहेको र आठ वटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
बाँकेमा गएको बुधवार बेलुकादेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पुर्याएकोमा हिजो बेलुका परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।