मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

 वैशाख १, २०८२ सोमबार १५:१०:१ | रासस
unn.prixa.net

मुस्ताङ – मुस्ताङमा प्रहरीले ३४ बोरा शालिग्राम बरामद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ३ मा रहेको इलाका प्रहरी कार्यालय छुसाङ चेक पोस्टले ३४ वटा बोरामा पोको पारेको ८९४ किलो शालिग्राम शिला बरामद गरेको हो ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ गुडिरहेको जीपलाई शङ्का लागि जाँच गर्दा  शालिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । मुस्ताङको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवान‍्काे प्रतीकका रूपमा पुज्ने गरिन्छ ।

व्यावसायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले निगरानी गर्ने गरेको छ । तर व्यक्तिगत रूपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन प्रहरी र एक्यापले छुट दिएको छ ।

मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोमलगायतका ठाउँमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । मुस्ताङमा पर्यटक आगमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया