काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थाले

 असोज १५, २०८१ मंगलबार १२:३६:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – केही दिनअघि लगातारको वर्षापछि आएको बाढी पहिरोबाट ठप्प काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडक यात्रामा केही सहज हुन थालेको छ । धादिङको झ्याप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने काम पूरा भएसँगै  त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा गाडी आवागमन सञ्चालन भएको छ ।

पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने गाडी अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बीपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो । नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला गाडी आवागमनमा केही कठिनाइ रहेको उहाँको भनाइ छ ।

दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढी पहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्‍याएका ठाउँमा भने अझै गाडी पूर्णरूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ । केही दिनअघिको बाढी पहिरोबाट देशका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्‍याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो ।

बाढी पहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा गाडी सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया