इजरायलले लेबनानमा स्थलगत आक्रमण शुरू गर्‍याे

 असोज १५, २०८१ मंगलबार १२:३६:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण शुरू गरेको छ । यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका बीबीसीले जनाएको छ ।

यसअघि इजरायलले लेबनानको राजधानी बेरुतसहितका ठाउँमा हवाई आक्रमण गर्दै आएको थियो । इजरायलले गरेको हवाई आक्रमणमा  हिजबुल्लाह समूहका प्रमुखसहित ७ सयभन्दा धेरै मानिस मारिएका छन् । आईडीएफले ७० हजारदेखि १ लाख सैनिक लेबनानको दक्षिणी सीमामा परिचालन गर्दैछ ।

इजरायली सेनाले सीमा क्षेत्रमा हिजबुल्लाहले बनाएका रकेट लञ्चर तथा अन्य भौतिक संरचना ध्वस्त पार्ने तयारी गरेको खबरमा उल्लेख छ । इजरायली सेनाले हिजबुल्हाका झन्डै ७० प्रतिशत यस्ता संरचना ध्वस्त पारिसकेको जनाएको छ ।

यसैबीच अमेरिकाले इजरायलको आत्मरक्षाको अधिकारको समर्थन गर्ने बताएको छ । यसअघि अमेरिकाले लेबनानमाथि आक्रमण शुरू गरेको इजरायललाई युद्धविरामका लागि आह्वान गरेको थियो । तर इजरायल भने युद्धविरामको कुनै पनि प्रस्ताव स्वीकार नगरी हिजबुल्लाहविरुद्ध आक्रमण गरिरहने पक्षमा छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया