बर्दघाट–सर्दी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा बिजुली आपूर्ति बन्द

 असोज १५, २०८१ मंगलबार १४:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवलपरासीको बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट विद्युत् प्रसारण लाइनको टावर ढलेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–५ दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दा माथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेकाे सर्दीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टको बिजुली आपूर्ति हिजो बेलुका साढे ६ बजेदेखि बन्द भएको छ ।

होङ्सीले १३२ केभी प्रसारण लाइनबाट सिधै बिजुली आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत् भार (लोड) स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

उद्योगले मासिक रूपमा ७/८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ । उद्योगलाई वैकल्पिक व्यवस्था गरी बिजुली आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया