अरुण नदीले चट्टान र माटो खियाउँदा सगरमाथाको उचाइ बढिरहेको वैज्ञानिकहरूको निष्कर्ष

 असोज १५, २०८१ मंगलबार १८:१३:५७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अरुण नदीले आफ्नो पींधमा भएका चट्टान र माटो खियाउँदा सगरमाथाको उचाइ बढिरहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।

'युनिभर्सिटी कलेज लन्डन' का अनुसन्धानकर्ताहरूले 'नेचर जिओसाइअन्स' जर्नलमा प्रकाशन गरेको शोधका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा भूक्षय र पींध खिइँदा सगरमाथाको उचाइ हरेक वर्ष २ मिलिमिटरले बढिरहेको छ । ८९ हजार वर्षअघि तिब्बतमा अर्को नदीसँग समाहित भएर शक्तिशाली बनेको अरुण नदीकै कारण त्यसयता सगरमाथाको उचाइ १५ देखि २० मिटर बढेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

हिमाली र पहाडी क्षेत्रका अग्ला भागबाट ठूलो बेगमा बग्दा अरुण नदीले धेरै बालुवा बगाउँछ । धेरै मात्रामा चट्टान र माटो काट्ने अरुण नदी सगरमाथाबाट ७५ किलोमिटर टाढा रहेको छ । नदीले पृथ्वीको बाहिरी भाग खियाउँदा हलुका भएर माथि तैरिँदा उचाइ बढेको शोधमा उल्लेख छ ।

४ देखि ५ करोड वर्षअघि जमिनमुनि भारतीय र युरेशियाली प्लेटहरू जुध्दा हिमालय पर्वतशृङ्खलाको जन्म भएको हो । हिमालहरूको उचाइ निरन्तर बढ्नुको मुख्य कारण ती प्लेटहरूको चाल रहेको बताउँदै आएका वैज्ञानिकहरूले विश्वको सर्वोच्च शिखरको उचाइ बढ्नुमा अरुण नदी प्रणालीको भूमिका महत्त्वपूर्ण रहेको रोचक कुरा बताएका हुन् ।

अध्ययनमा सहभागी नभएका केही भू–गर्भशास्त्रीहरूले यो सिद्धान्त युक्तिसङ्गत रहे पनि अध्ययनमा भएका धेरै कुरा अझै अस्पष्ट रहेको बताएका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया