काठमाण्डौबाट लमजुङ जाँदै गरेको जीप नुवाकोटमा दुर्घटना : १ जनाकाे ज्यान गयाे, ५ जना घाइते

 असोज १९, २०८१ शनिबार १५:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – काठमाण्डौबाट लमजुङ जाँदै गरेको जीप नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा काठमाण्डाैका ५८ वर्षीय उपेन्द्र खनालकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग व्यस्त भएपछि ‘टोखा–छहरे सडक खण्ड’ हुँदै लमजुङ जाँदै गरेको लमजुङकाे सुपर दाेद्री 'ख' आयाेजनाकाे बा १४ च ३८५४ नम्बरकाे जीप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूकाे काठमाण्डाैका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकाेटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया