हुम्लामा जीप दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे

 असोज १९, २०८१ शनिबार १८:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – हुम्लाको ताँजाकोट गाउँपालिका–२ पुईमामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिकाकाे सर्केगाड बजारबाट बाजुरातर्फ गुडिरहेको लु १ ज ३०४३ नम्बरको जीप आज दिउँसो दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० की ४९ वर्षीया विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का ६ वर्षीय बालक अविशेक बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार जीप बिग्रिएपछि बनाउँदै गर्दा पछाडी सरेर दुर्घटना भएको हो । जीपमा सात जना रहेकामा जीप बनाउने क्रममा पाँच जना बाहिर निस्किएका र जीपमै रहेका दुई जनाको ज्यान गएको उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया