'क्याबिन क्रु' काे उमेरहद बढाएर ५० वर्ष पुर्‍याइने

 असोज १९, २०८१ शनिबार १८:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगमका 'क्याबिन क्रु' अर्थात् 'एअर होस्टेस' का मागमा निगम व्यवस्थापन सहमत भएपछि अवरुद्ध भएका अन्तर्राष्ट्रिय उडान नियमित भएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत अस्वीकार गर्दै निगम व्यवस्थापनले ४५ वर्ष उमेर पुगेका एअर होस्टेसलाई अवकाश दिन लागेपछि आन्दोलन भएको थियो । हिजोको वार्ता असफल भएपछि रातिको दुबई उडान रद्द हुन पुगेको थियो । उडान नै अवरुद्ध भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पहल गरेर निमग व्यवस्थापनलाई सहमत गराउनुभएको हो ।

झन्डै सात घण्टा लामो वार्तापछि निगमको कर्मचारी विनियमावली संशोधन गरी ४५ वर्षको ठाउँमा ५० वर्ष उमेरहद कायम गर्नेलगायतका सहमति भएको छ । अब निगम व्यवस्थापनले तत्कालै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाउनेछ । मन्त्री पाण्डे, सचिव, निगम कार्यकारी अध्यक्षलगायत व्यवस्थापन पक्षका सबै जना वार्तामा थिए ।

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । निगमले अदालतको अन्तिरिम आदेशसमेत नमानेपछि भएको 'क्याबिन क्रु' को हडतालका कारण नेपाल वायु सेवा निगमको गएराति साढे ११ बजेको काठमाण्डाै–दुबई उडान रद्द हुँदा तीन सय २८ यात्रु अलपत्र परेका थिए ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया