अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – मनसुन बाहिरिन ढिला हुँदा यस पटकको दशैँको टीकाको दिनमा पनि वर्षा हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले नेपालबाट मनसुन नबाहिरिएकाले दशैँको समयभरि नै केही ठाउँमा वर्षा हुने सम्भावना रहेको बताउनुभएको छ । उहाँले ठूलो पानी पर्ने सम्भावना नदेखिए पनि दशैँ अवधिभर पनि मनसुन सक्रिय रहने भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने बताउनुभयाे । अहिले विभिन्न मोडेलले अनुमान गरेको भन्दा धेरै वर्षा भइरहेकाले दशैँको समयमा वर्षा हुन सक्ने उहाँको भनाइ छ ।
यस्तै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि नेपालमा मनसुन सक्रिय नै रहेकाले पानी पर्ने सम्भावना रहेको बताउनुभएको छ । महाशाखाले तीन दिनको मात्रै पूर्वानुमान गर्ने भएकाले दशैँको टीकाको दिन के हुन्छ भनेर अहिले भन्न नसकिने तर मनसुनी प्रणाली सक्रिय रहेकाले हल्कादेखि मध्ययम वर्षा हुन सक्ने पुडासैनीले उज्यालोलाई जानकारी दिनुभयो ।
अहिले गण्डकी र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज राति पनि कोशी, मधेश, बाग्मती र गण्डकीका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा राति मौसम सफा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।