मनसुनको प्रभाव कमजोर बन्दै, आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना कम

 असोज २०, २०८१ आइतबार ८:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको उल्लेख छ ।

मनसुनको प्रभाव कायमै रहेकोले केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । तर अब लामो समय पानी पर्ने सम्भावना कम छ ।

महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा केही बादल लागेको भए पनि धेरैतिर आकास खुलेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही दिनदेखि मनसुनको प्रभाव कमजोर हुँदै गएको छ । 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया