बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४४ पुग्यो

 असोज २०, २०८१ आइतबार ८:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय ४४ जना पुगेको छ । १९ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ । उहाँले बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको र विवरण प्राप्त भएपछि अस्थायी आवासका लागि सरकारले सहायता रकम वितरण गर्ने जानकारी दिनुभयो ।

अहिले पालिकाहरूले प्रभावित परिवारलाई खाद्यान्न, अति आवश्यक सामग्रीलगायत सहयोग गरिरहेका छन् । 
 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया