कालिमाटीमा हरियो तरकारीको भाउ बढ्यो : ठूलो गाेलभेडाको भाउ भने घट्यो

 असोज २०, २०८१ आइतबार १०:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा हरियो तरकारीको भाउ बढेको छ । आज ब्रोकाउली, स्थानीय काउली, तने बोडी, पालुङ्गो साग, डल्लो भाण्टा, भेडे खुर्सानीलगायत हरियो तरकारीको भाउ बढेको छ ।

आज ब्रोकाउलीको भाउ किलोमा ३७ रुपैयाँ बढेको छ । हिजो किलोको १९० रुपैयाँ रहेको ब्रोकाउलीको भाउ आज किलोमा ३७ रुपैयाँले बढेर १५३ रुपैयाँ पुगेको छ ।

त्यस्तै स्थानीय काउली, तने बोडी, पालुङ्गो सागको भाउ आज समान किलोमा ३०/३० रुपैयाँले बढेको छ । आज काउली, तने बोडी, पालुङ्गो सागको भाउको भाउ किलोमा ३० रुपैयाँले बढेर क्रमशः ९५, १२५,१४० रुपैयाँ पुगेको छ । हिजो काउली, तने बोडी, पालुङ्गो सागको भाउ किलोमा क्रमशः ६५, ९५,११० रुपैयाँ रहेको थियो ।

आज डल्लो भाण्टाको भाउ पनि २० रुपैयाँले बढेको छ । हिजो ६५ रुपैयाँ रहेको डल्लो भाण्टाको भाउ आज २० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ । यस्तै भेडे खुर्सानीको भाउ आज किलोमा ८६ रुपैयाँले बढेको छ । हिजो किलोको १९० रुपैयाँ रहेको भेडे खुर्सानीको भाउ आज किलोको २७६ रुपैयाँ पुगेको छ ।

तर आज ठूलो गालभेडा,भिण्डी, भटमासकोशाको भाउ समान १०/१० रुपैयाँले घटेको छ । हिजो गालभेडा,भिण्डी, भटमासकोशा भाउ क्रमश: ९५, ८५, १५० रुपैयाँ रहेकोमा आज १०/१० रुपैयाँले घटेर क्रमश: ८५, ७५, १४० रुपैयाँमा झरेको छ 
 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया